विवादमुक्त ‘गलबन्दी’ राईको नाम समावेश गरेपछि – Himalayan Dainik

विवादमुक्त ‘गलबन्दी’ राईको नाम समावेश गरेपछि


विवादमुक्त ‘गलबन्दी’ राईको नाम समावेश गरेपछि

काठमाठौं, असार ११

एकदमै चर्चित लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक–सर्जक शम्भु राई र प्रकाश सपुतबीच राईको समेत नाम समावेश गर्ने भनि सहमति भएको छ । सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा आज भएको छलफलपछि सहमति भएको हो ।

राईको देउसीभैलो गीत ‘आउ नाचौं साथी हो’ सँग गलबन्दीको ‘गलबन्दी च्यातियो’ मिलेको बताइएको थियो। सर्जक सपतुले संयोगवश मिल्न गएको बताइरहेका थिए भने गायक राई चोरिएको भन्दै प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिन पुगेका थिए।

सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको हो । यस गितको आर्थिक लाभ र रोयल्टीमा भने राईको हक नहुने उल्लेख गरिएको छ । सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने भएका छन् ।