निखिल उप्रेतीसहितको टीभीएस स्ट्राइकर निजगढ र चपुरमा र्याली सम्पन्न – Himalayan Dainik

निखिल उप्रेतीसहितको टीभीएस स्ट्राइकर निजगढ र चपुरमा र्याली सम्पन्न


निखिल उप्रेतीसहितको टीभीएस स्ट्राइकर  निजगढ र चपुरमा र्याली सम्पन्न

काठमाडौं, असार ५ – सुपर स्टार निखिल उप्रेतीको उपस्थितिमा बाराको निजगढ र चपुरको नगरपालिका परिक्रमा हुने गरी टीभीएस स्ट्राइकरको भब्य र्याली सम्पन्न भएको छ ।

नेपालका लागि टीभीएस टु ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै ल्याएको टीभीएस स्ट्राइकरमेला मा आउनुहोस सुपर स्टार निखिल उप्रेतीसँग भेट्ने मौका पाउनुहोस् योजना अन्तर्गत सो र्याली आयोजना गरिएको हो ।

जगदम्बा मोटर्सले आफ्नो आधिकारिक बिक्रेताको रुपमा रहेको वीरगन्जको म्याक्स अटो, जीतपुरको सगरमाथा मोटर्स , कलैयाको करण इन्टरप्राइजेज, निजगढको माँ अजिमा ट्रेडर्स, चन्द्रपुरको गणपति अटो एन्ड सेन्टरको माध्यबाट आफ्ना टीभीएस स्ट्राइकरका ग्राहकलाइ लक्षित गरि टीभीएस स्ट्राइकर मेला सोरुम नजिकैका स्थानहरुमा सम्पन्न गरेको छ । सो मेला ३१ जेठबाट असार ३ गते सम्म सम्पन्न भएको थियो ।

मेला अबधिभर टीभीएस स्ट्राइकर १२५ खरिद गर्ने ग्राहकलाई कम्पनीले २ आर्थिक बर्षसम्म २०७५ र ७६ को कर फ्री साथै रेनकोट पनि उपलब्ध गराएको छ । मेलामा टीभीएस स्ट्राइकर १२५ खरिद गर्ने ग्राहकहरुले वीरगञ्ज, जितपुर र कलैयामा तथा निजगढ र चन्द्रपुरमा नेपाली नायक सुपरस्टार निखिल उप्रेतीसँग भेटघाट तथा दुःख सुख हाँसो खुशी बाँड्ने कार्यक्रम थियो ।