स्थानीय बासिन्द्वारा काठमाडौं फन भ्यालीलाई उजुरी – Himalayan Dainik

स्थानीय बासिन्द्वारा काठमाडौं फन भ्यालीलाई उजुरी


स्थानीय बासिन्द्वारा काठमाडौं फन भ्यालीलाई उजुरी

असार ५, भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा पलासे स्थित काठमाडौं फन भ्यालीले स्थानीय खोला प्रदुषण गरेको भन्दै स्थानीय बासिन्दाहरूले उजुरी गरेका छन् । विहिबार दिउँसो वडा नम्बर १०को कार्यालयमा पुगेर उनीहरुले वडा अध्यक्ष शिवराम राउतलाई ‘कारवाही गरी पाउ’ भन्दै उजुरी पत्र बुझाएका छन् । १ सय ४५ जना स्थानीय बासिन्दाहरूले हस्ताक्षर गरेको पत्रमा सूर्यविनायक नगरपालिका वडा नम्बर ९ र १० का स्थानीयहरुले हस्ताक्षर गरेका छन ।

उनीहरुले ज्ञापनपत्रमा भनेका छन् ‘फन भ्यालीले बोरिङ्ग गरेको भएपनि हाल आएर स्थानीय कुसिङ्ग खोलामा ठुला ठुला खाल्डो खनेर पानी तान्ने गरेकाले सो तत्कान रोक्नु पर्ने माग राखेका छन ।साथै खोलोको पानी पौडी पोखरीमा राखेर विभिन्न प्रकारका रसायन प्रयोग गर्ने गरेको र सफाईको क्रममा त्यो पानी पून सोही खोलमामा फ्याक्ने गरेकाले दुषित हुने गरेको पनि उल्लेख गरेका छन् । यसबारेमा वडाअध्यक्ष राउतसँग बुझ्दा उनले बिहिबार उजुरी परेकाले आफुले सम्बन्धीत दुइ पक्षलाई राखेर यसबारेमा छलफल गर्ने बताए । यस विषयमा काठमाडौं फन् भ्यालीका संचालक डाक्टर भोगेन्द्र शर्मा गुराँगाइले भने स्थानीय बाँसिन्दाले अनावश्यक माग राखी अाफुलाई काम गर्न अप्ठ्यारो मा पारी आफुलाई बदनाम गर्न यस्तो प्रचार गरेको आरोप लगाए । उनले आफु मिडियामा केही नबोल्ने भन्दै व्यवस्थान हेर्दै आएका लक्ष्मण गिरी प्रवक्ता भएकाले उनीसँग कुरा गर्न आग्रह गरे । हामीले यस बारे वास्तविकता के भन्ने बारेमा प्रश्न गर्दा उनले फ्न भ्यालीले तीन वटा बोरीङ्ग गरेर पानी २४ घण्टा चलाउने गरेको बताए । खोला प्रदुषण गरिएको भनेर लगाएको आरोपमा कुनै सत्यता नभएको उनले दाबी गरे । शेयर सदस्यहरुबीचको बिवादका कारण लामो समयदेखि बन्द रहेको फनभ्याली दुई साताअघि मात्र सञ्चालनमा आएको थियो । भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रे लगायतका जिल्लाका साना ठुला सबै मानिसमा केही वर्षयता गर्मी छल्ने राम्रो स्थानको रुपमा परिचित काठमाडौं फन भ्याली अहिले विभिन्न प्रपोकाणमा विवादमा पर्दै अाएको छ ।