आज विश्व बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस – Himalayan Dainik

आज विश्व बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस


आज विश्व बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौँ,जेठ २९

आज विश्व बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस ‘बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन्’ भन्ने नाराका साथ नेपालमा पनि मनाईंदैछ ।

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को महासन्धी पारित गरेको दिनको सम्झनामा जुन १२ तारिखमा विश्व बालश्रम विरुद्धको दिवस मनाउने गरिएको छ ।

नेपालमा सन् २०२५ सम्ममा सबै प्रकारका बाल श्रमको अन्त्य गर्ने लक्ष्य राखिए पनि आईएलओको तथ्याङ्कअनुसार नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका १६ लाखभन्दा बालश्रमिक छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार होटल, पर्यटन, मनोरञ्जन क्षेत्र, घर, इँटाभट्टा, गलैँचा कारखाना, सवारी साधन, ग्यारेज, उद्योग लगायतका क्षेत्रमा बालश्रमिक रहेको जनाएको छ ।

मन्त्रालयले यस वर्ष पहिलो पटक साढे ७ करोड रुपैयाँ बजेट बालश्रम न्यूनीकरणमा छुट्याएको छ । यस्तै २०७२ सालको भूकम्पका कारण पनि धेरै बालबालिमा श्रम गर्न बाध्य भएका छन् ।