सांग्रिला डेभलपमेन्ट बैंकले ‘बचत सहित बीमाको पनि’ योजना – Himalayan Dainik

सांग्रिला डेभलपमेन्ट बैंकले ‘बचत सहित बीमाको पनि’ योजना


सांग्रिला डेभलपमेन्ट बैंकले ‘बचत सहित बीमाको पनि’ योजना

काठमाडौँ, जेठ २९

सांग्रिला डेभलपमेन्ट बैंकले ‘बचत पनि बीमा पनि’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले खाता खोल्ने ग्राहकको १६ लाख रुपैयाँसम्मको बीमा हुने जनाएको छ । जसमा खाताको प्रकृति हेरी दुर्घटना बीमा, औषधि उपचार बीमा तथा घातक रोगको उपचार बीमासम्बन्धी सुविधाहरू समावेश छन् । यसअन्तर्गत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ ओटा बचत खाता छन् ।

उक्त खाता खोल्दा ग्राहकले मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सक्नेछन् । न्यूनतम मौज्दात ५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ तथा २५ हजार रुपैयाँ रहेको छ । खाता खोल्नेले लकर सुविधामा विशेष छूट, निःशुल्क एबीबीएस तथा एटीएम भिसा कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा १ वर्षसम्म निःशुल्क सुविधा प्राप्त गर्न सक्नेछन् ।