मेलम्चीका पाइप फुटेपछि अर्थमन्त्रालयलाई एडिबिको पत्र – Himalayan Dainik

मेलम्चीका पाइप फुटेपछि अर्थमन्त्रालयलाई एडिबिको पत्र


मेलम्चीका पाइप फुटेपछि अर्थमन्त्रालयलाई एडिबिको पत्र

काठमाडौं ,जेठ २९

मेलम्ची खानेपानी आयोजना–२ ले काठमाडौँ उपत्यकामा बिछ्याएको पाइप फुटेपछि मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडिबी) ले असन्तुष्टि जनाउँदै अर्थ मन्त्रालयलाई पत्र लेखेको छ ।

पाइपमा जसले क्षति पुर्याएको हो उसैलाई बनाउन निर्देशन दिन एडिबिले मन्त्रालयलाई आग्रह गरेको छ । क्षतिग्रस्त पाइप पाइप परिवर्तनका लागि दोहोरो भुक्तानी दिन नसक्ने चेतावनी पनि दिएको छ ।

‘एडिबीले दोहोरो भुक्तानी गर्न नसक्ने स्पष्ट संकेत दिएको छ । उसले सबै निकायबीच समन्वय गराएर समस्या समाधान गर्न अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । हामीले पनि मन्त्रालयलाई जानकारी गराएका छौँ ।’ मेलम्ची खानेपानी आयोजना–२ कार्यान्वयन निर्देशनालय प्रमुख तिरेस खत्रीले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।