४० करोडमा प्रधानमन्त्रीको नयाँ भवन – Himalayan Dainik

४० करोडमा प्रधानमन्त्रीको नयाँ भवन


४० करोडमा प्रधानमन्त्रीको नयाँ भवन

प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । उउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् ।

नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ। सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ । चालु आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ।नयाँ भवनमा  डाक्टर कक्ष,डेन्टल कक्ष,सैलुनदेखि होम थिएटरमम्म हुनेछ । समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।