भारतीय अभिनेता तथा नाटककार कर्नाडको निधन – Himalayan Dainik

भारतीय अभिनेता तथा नाटककार कर्नाडको निधन


भारतीय अभिनेता तथा नाटककार कर्नाडको निधन

 एजेन्सी, जेठ २७

  भारतीय चलचित्र निर्देशक, नाटककार, तथा लेखक गिरीश कर्नाडको ८१ वर्षको उमेरमा निधन भएको छ ।

सन् १९७० मा कन्नड फिल्म ‘संस्कार’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेका कर्नाडको सोमबार निधन भएको जनाइएको छ ।

गिरीश कर्नाडको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका राजनीतिज्ञ तथा विभिन्न कलाकार तथा लेखकले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उपन्यासकार आरे नारायणको पुस्तकका आधारित टीभी सिरियल ‘मालगुडी डेज’ मा उनले स्वामीको पिताको भूमिका निर्वाह गरेका थिए ।

सन् १९९० को सुरुवातमा विज्ञानमा आधारित एक टेलिभिजन कार्यक्रम उनले सञ्चालन गरे ।