जनताले अनुभूति हुने गरी सरकारले काम गर्नु पर्छ : प्रचण्ड – Himalayan Dainik

जनताले अनुभूति हुने गरी सरकारले काम गर्नु पर्छ : प्रचण्ड


जनताले अनुभूति हुने गरी सरकारले काम गर्नु पर्छ : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले अनुभूति हुने गरी सरकारले काम गर्नु पर्ने बताएका छन् । उनले पुरानो कार्यशैली, नीति र योजनाबाट मुलुकमा आएको राजनैतिक उपलब्धि जोगाउन नसक्नेतर्फ भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

बिहीबार काठमाडौंमा नेपाल दूर संचार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले टेलिकमको कार्य क्षमता वृद्धि गर्न कर्मचारीको क्षमता वृद्धि गर्नुपर्ने बताए । उनले पुरानै योजनाले काम गर्ने शैली कर्मचारीमा परिर्वतन नगरेसम्म मुलुक अघि बढ्न नसक्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमको क्षमता अभिवृद्धिका लागि काम गरेर देखाउन कर्मचारीलाई सचेत गराएका थिए । उनले टेलिकमलाई जापानको एक कम्पनी रणनीतिक साझेदारका रुपमा भित्र्याउन लागिएको जानकारी दिए । कार्यक्रममा उनले नेपाल टेलिकमको ऐन, कानुनलाई समय सापेक्ष बनाउने प्रतिवद्धता व्यक्त गरे ।