प्रधानमन्त्री निवासको जग्गासमेत दलालले आफ्नो नाममा लिए : अध्यक्ष थापा – Himalayan Dainik

प्रधानमन्त्री निवासको जग्गासमेत दलालले आफ्नो नाममा लिए : अध्यक्ष थापा


प्रधानमन्त्री निवासको जग्गासमेत दलालले आफ्नो नाममा लिए : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार मुलुकमा लुटतन्त्र मच्चाउन लागिपरेको आरोप लगाएका छन् । उनले वाइडबडी विमान खरिद, एनसेल, मेलम्ची खानेपानीमा ठुलो भ्रष्टाचार भएको बेला प्रधानमन्त्री निवासको जग्गासमेत ‘जग्गा दलाल’ले आफ्नो नाममा लिएको समाचार आएको भन्दै आक्रोश पोखे ।

हिन्दु राष्ट्र पुनर्स्थापनाको मागसहित बिहीबार काठमाडौंमा पार्टीले आयोजना गरेको दवावमूलक कार्यक्रममा बोल्दै थापाले शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी हस्तक्षेप गरेको भन्दै आक्रोस पोखेका थिए । उनले हिन्दुहरुको बाहूल्य रहेको मुलुकलाई हिन्दु राष्ट्र बनाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बेवास्ता गरिरहेको गुनासो गरे ।