सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिकागलकोट (बागलुङ), २२ पुस - सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ । उचित मूल्य र पहिचानका लागि सुन्तला ‘ब्राण्डिङ’ गर्न थालिएको हो । यहाँको बागलुङ नगरपालिकाले सिगानाको सुन्तलालाई ब्राण्डिङ गरेर बजारीकरणका लागि सहकारीमार्फत प्याकेजिङको काम थालेको छ । बागलुङ नगरपालिकाले वडा...
काठमाडौँ, ९ पुस (रासस) - कृत्रिम बौद्धिकता (एआई) विश्वव्यापी रूपमा परिवर्तनकारी प्रविधि बनिसकेको छ, जसले उद्योगहरूको रूपान्तरण, शासनको सुधार गर्न र जीवनस्तरलाई माथि उठाउन सक्दछ । नेपालले सामाजिक, आर्थिक र भौगोलिक अवस्थासँगै, क्षेत्रीय ‘एआई हब’ बन्ने सम्भावना बोकेको छ । नेपाललाई एआई हबका रूपमा स्थापित गर्न डिजिटल पूर्वाधार, मानव पुँजीमा...
गण्डकी, ६ पुुस - गुरुङ पर्यटन व्यवसायी सङ्घले आजदेखि गुरुङ सम्पदा पदमार्गअन्तर्गत पोखराबाट सिक्लेस–कपुचे–क्होलासोँथर–कर्पुडाँडा–याङ्जाकोट हुँदै पुनःपोखरा जोडिने गरी उक्त खण्डको पर्यटन प्रवर्द्धन गर्ने भएको छ । जथाभावी बाटो खन्ने नाममा विभिन्न पदमार्ग छोटिँदै गएका अवस्थामा यसअघि खोज एवं अनुसन्धान गरिएको गुरुङ सम्पदा पदमार्गअन्तर्गत यस खण्डमा आजदेखि पुस १३ गतेसम्म प्रवर्द्धन...
सिरहा, ६ पुस - जिल्लाको धनगढीमाई नगरपालिका–५ जयपुरकी ५० वर्षीया सावित्रीदेवी यादवले आज गाउँमा नागरिकता पाएपछि खुसीले दङ्ग हुनुभयो । गाउँघरमा महिलालाई नागरिकता बनाउन चासो नदिँदा आजभोलि भन्दाभन्दै उहाँले पाँच दशक कुर्नुपर्यो । घर नजिकै सञ्चालित नागरिकता शिविरबाट नागरिकताको निस्सा प्राप्त गरेपछि सावित्रीदेवीले खुसी हुँदै नागरिकता नहुँदा खेप्नुपरेको असहजताबाट मुक्ति...
काठमाडौं ४ असोज - इस्थर बेन्जामिन स्मृति संस्थाको समाजिक परिक्षण सम्पन्न भएको छ । बालश्रमबाट उद्धार गरिएका बालकहरुलाई आवासिय सुविधासहित शिक्षा प्रदान गर्ने सो संस्थाको वार्षिक कार्ययोजना अनुसार सामाजिक परिक्षण कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा महिला तथा समाजिक मामिला समितिका सभापति किरण शाहले बालबालिकाको सुरक्षित वातावरणमा हुर्कन, पढ्न...
काठमाडौँ,असोज २ - सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सिन्धुपाल्चोकका १३ वर्षीय कवीन्द्र तामाङ (नाम परिवर्तन)लाई मयुर यातायातको बसबाट काठमाडौँ महानगरपालिकाले उद्धार गरिएको थियो । महानगरले बसमा सहचालकको काम गर्दै आएका कवीन्द्रलाई उद्धारपछि घर फर्काउन खोज्दा नमानेपछि एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनमा आश्रयको पठाएको छ । कविन्द्र सहचालकको रुपमा काम गरिरहेको भिडियो...
झापा, ३२ साउन - तीस वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रातहरु बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सनु भएको छैन । उसबेला गाउँका बासिन्दाका लागि हात्ती धपाउने योभन्दा अर्को उपाय नै थिएन । “भारततिरबाट हुल बाँधेर हात्ती गाउँ पसेपछि कुकुर भुक्न थाल्थे,” तत्कालीन बाहुनडाँगी गाउँ विकास...
काठमाडौं ,१७ असार : दस वर्षे द्वन्द्वपछिको शान्ति प्रक्रियाको सम्पूर्ण अभिलेख रहने गरी कलात्मक डिजाइनसहित “शान्ति ग्यालरी”को स्थापना गरिएको छ । मानव अधिकारका लागि एकल महिला समूहले बुढानिलकण्ठ–७ स्थित छहारीको भवनमा बनेको शान्ति ग्यालरीको सोमवार राजधानीमा उद्घाटन गरिएको हो । सो अवसरमा शान्ति स्थापनाको लागि समग्र नेपाली महिलाले पुर्याएको योगदान...
धरान, ४ जेठ - धरान उपमहानगरपालिका–१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ । धरानको भानुचोकबाट करिब छ किलोमिटरमाथि निर्माण गरिएको उक्त पार्क आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो । बुटवलबाट साथीहरुसँगै धरान घुम्न आउनुभएका सन्तोष...
काठमाडौँ, ३१ वैशाख - इतिहासका घटनालाई आधार बनाएर नाटक, खण्डकाव्य, उपन्यास आदि साहित्यिक कृति लेखिने तथा चलचित्र निर्माण गरिने चलन कायमै छ । बालकृष्ण सम, डायमनशमशेर, भीमनिधि तिवारी, माधवप्रसाद घिमिरे, एसपी आशा, श्रीकृष्ण श्रेष्ठ, नारायण ढकाल, योगेशराज, निलम कार्की निहारिका, नगेन्द्र न्यौपाने, चन्द्रप्रकाश बानियाँ, केशव दाहाल, गोविन्दप्रसाद कुसुम, राजव, चिरञ्जीवी...