फिचर न्युज – Himalayan Dainik
आलेख : हराए ‘पोखराको सम्झना’

आलेख : हराए ‘पोखराको सम्झना’

पोखरा, ३ माघ - पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्ने गन्तव्यका रूपमा परिचित छ । यहाँ आउने पर्यटकहरू केबल मनोरञ्जनका लागि मात्र नभई आफ्नो यात्राको स्मरणका लागि विशेष उपहार खोज्ने गर्छन् । त्यस्तै पोखराको स्मरणीय उत्पादनमध्ये कुनै समय हातेतानबाट तयार गरिएको...

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत

आगरा (भारत), ३ माघ - सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् । नेपालस्थित भारतीय दूतावास, नेपाल पर्यटन बोर्ड र भारतको उत्तरप्रदेश पर्यटन बोर्डको समन्वय र सहकार्यमा आयोजित दुवै देशका पर्यटन व्यवसायीहरूबीचको अन्तरक्रियामा सहभागी व्यवसायीहरू एकापसमा सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा जुट्ने प्रतिबद्धता जनाएका हुन्...

सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका

सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका

सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिकागलकोट (बागलुङ), २२ पुस - सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ । उचित मूल्य र पहिचानका लागि सुन्तला ‘ब्राण्डिङ’ गर्न थालिएको हो । यहाँको बागलुङ नगरपालिकाले सिगानाको सुन्तलालाई ब्राण्डिङ गरेर बजारीकरणका लागि सहकारीमार्फत प्याकेजिङको काम थालेको छ । बागलुङ नगरपालिकाले वडा...

विचार- नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

विचार- नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

काठमाडौँ, ९ पुस (रासस) - कृत्रिम बौद्धिकता (एआई) विश्वव्यापी रूपमा परिवर्तनकारी प्रविधि बनिसकेको छ, जसले उद्योगहरूको रूपान्तरण, शासनको सुधार गर्न र जीवनस्तरलाई माथि उठाउन सक्दछ । नेपालले सामाजिक, आर्थिक र भौगोलिक अवस्थासँगै, क्षेत्रीय ‘एआई हब’ बन्ने सम्भावना बोकेको छ । नेपाललाई एआई हबका रूपमा स्थापित गर्न डिजिटल पूर्वाधार, मानव पुँजीमा...

सिक्लेस-कपुचे-कोरी-क्होलासोँथर-कर्पुडाँडा-याङ्जाकोट पदमार्ग प्रवर्द्धन गरिँदै

सिक्लेस-कपुचे-कोरी-क्होलासोँथर-कर्पुडाँडा-याङ्जाकोट पदमार्ग प्रवर्द्धन गरिँदै

गण्डकी, ६ पुुस - गुरुङ पर्यटन व्यवसायी सङ्घले आजदेखि गुरुङ सम्पदा पदमार्गअन्तर्गत पोखराबाट सिक्लेस–कपुचे–क्होलासोँथर–कर्पुडाँडा–याङ्जाकोट हुँदै पुनःपोखरा जोडिने गरी उक्त खण्डको पर्यटन प्रवर्द्धन गर्ने भएको छ । जथाभावी बाटो खन्ने नाममा विभिन्न पदमार्ग छोटिँदै गएका अवस्थामा यसअघि खोज एवं अनुसन्धान गरिएको गुरुङ सम्पदा पदमार्गअन्तर्गत यस खण्डमा आजदेखि पुस १३ गतेसम्म प्रवर्द्धन...

गाउँमै नागरिकता पाएपछि खुसी

गाउँमै नागरिकता पाएपछि खुसी

सिरहा, ६ पुस - जिल्लाको धनगढीमाई नगरपालिका–५ जयपुरकी ५० वर्षीया सावित्रीदेवी यादवले आज गाउँमा नागरिकता पाएपछि खुसीले दङ्ग हुनुभयो । गाउँघरमा महिलालाई नागरिकता बनाउन चासो नदिँदा आजभोलि भन्दाभन्दै उहाँले पाँच दशक कुर्नुपर्‍यो । घर नजिकै सञ्चालित नागरिकता शिविरबाट नागरिकताको निस्सा प्राप्त गरेपछि सावित्रीदेवीले खुसी हुँदै नागरिकता नहुँदा खेप्नुपरेको असहजताबाट मुक्ति...

इस्थर बेन्जामनि स्मृती संस्थाको काम प्रशसंनीय

इस्थर बेन्जामनि स्मृती संस्थाको काम प्रशसंनीय

काठमाडौं ४ असोज - इस्थर बेन्जामिन स्मृति संस्थाको समाजिक परिक्षण सम्पन्न भएको छ । बालश्रमबाट उद्धार गरिएका बालकहरुलाई आवासिय सुविधासहित शिक्षा प्रदान गर्ने सो संस्थाको वार्षिक कार्ययोजना अनुसार सामाजिक परिक्षण कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा महिला तथा समाजिक मामिला समितिका सभापति किरण शाहले बालबालिकाको सुरक्षित वातावरणमा हुर्कन, पढ्न...

बालश्रममा परेका बालबालिकाको उद्धार गरेर रेखदेख गर्दै छ एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसन

बालश्रममा परेका बालबालिकाको उद्धार गरेर रेखदेख गर्दै छ एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसन

काठमाडौँ,असोज २ - सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सिन्धुपाल्चोकका १३ वर्षीय कवीन्द्र तामाङ (नाम परिवर्तन)लाई मयुर यातायातको बसबाट काठमाडौँ महानगरपालिकाले उद्धार गरिएको थियो । महानगरले बसमा सहचालकको काम गर्दै आएका कवीन्द्रलाई उद्धारपछि घर फर्काउन खोज्दा नमानेपछि एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनमा आश्रयको पठाएको छ । कविन्द्र सहचालकको रुपमा काम गरिरहेको भिडियो...

आलेखः हात्तीमैत्री बन्यो बाहुनडाँगी

आलेखः हात्तीमैत्री बन्यो बाहुनडाँगी

झापा, ३२ साउन - तीस वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रातहरु बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सनु भएको छैन । उसबेला गाउँका बासिन्दाका लागि हात्ती धपाउने योभन्दा अर्को उपाय नै थिएन । “भारततिरबाट हुल बाँधेर हात्ती गाउँ पसेपछि कुकुर भुक्न थाल्थे,” तत्कालीन बाहुनडाँगी गाउँ विकास...

एकल महिला समूहद्वारा शान्ति ग्यालरीको स्थापना

एकल महिला समूहद्वारा शान्ति ग्यालरीको स्थापना

काठमाडौं ,१७ असार : दस वर्षे द्वन्द्वपछिको शान्ति प्रक्रियाको सम्पूर्ण अभिलेख रहने गरी कलात्मक डिजाइनसहित “शान्ति ग्यालरी”को स्थापना गरिएको छ । मानव अधिकारका लागि एकल महिला समूहले बुढानिलकण्ठ–७ स्थित छहारीको भवनमा बनेको शान्ति ग्यालरीको सोमवार राजधानीमा उद्घाटन गरिएको हो । सो अवसरमा शान्ति स्थापनाको लागि समग्र नेपाली महिलाले पुर्‍याएको योगदान...