समाचार – Himalayan Dainik
वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

वीरगञ्ज (पर्सा), ११ वैशाख - वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा रु ५३ लाख ९० हजार बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले...

दुलेगौडा–लामागाउँ सडक स्तरोन्नति

दुलेगौडा–लामागाउँ सडक स्तरोन्नति

दमौली (तनहुँ), ११ वैशाख - दुलेगौडा–लामागाउँ सडकअन्तर्गत दुलेगौडा–लिलाचोक खण्ड रु २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४को लागतमा स्तरोन्नति सुरु भएको छ । शुक्लागण्डकी नगरपालिका–४ कसेरीमा सोमबार आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सडक स्तरोन्नतिको शुभारम्भ गर्नुभएको हो । विश्व बैंककको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा...

बालाजु बाइसधारा मेला सुरु

बालाजु बाइसधारा मेला सुरु

काठमाडौँ, ११ वैशाख - स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला भर्नका...

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

बरहथवा (सर्लाही), ११ वैशाख - सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्रयाक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो । दुर्घटनामा १७ वर्षका राजकुमार सिंहको मृत्यु भएको हो...

शुक्लाफाँटामा बाघ बढे

शुक्लाफाँटामा बाघ बढे

दोधारा चाँदनी (कञ्चनपुर), ११ वैशाख - महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ । निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिएभने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो । निकुञ्जमा क्यामेरा ट्रयापिङ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा  मौसम सफा रहने

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ, ११ वैशाख - हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा...

लभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने

लभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने

गण्डकी, ३ वैशाख - कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो । पूजाआजा गरेमा मनले चिताएको पुुग्ने तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको यस स्थलमा कास्कीका साथै तनहुँ, स्याङ्जालगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछन् । मन्दिरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा...

कैलालीको जालपादेवी केबलकार निर्माण कार्य सुरु

कैलालीको जालपादेवी केबलकार निर्माण कार्य सुरु

सुदूरपश्चिम, ३ वैशाख - कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्र्य सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा आइतबार पूजा गरेर रूख कटान सुरू गरी आयोजनाको पहिलो चरणको निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो । रु पाँच अर्बको लगानीमा निर्माण...

तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर

तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर

गोरखा, ३ वैशाख - नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो । मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी गाउँको बीचमा पर्ने अलि अग्लो डाँडामा गएर कटुवाल कराएपछि त्यसैलाई गाउँलेले आधिकारिक सूचना मान्ने चलन...

इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम

इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम

फिक्कल (इलाम), २ वैशाख - जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक छवटा सिँचाइ आयोजना सुरु भएको हो । चालु आर्षिक वर्षमा सम्पन्न हुने गरी रु तीन करोड...