शिक्षा/स्वास्थ्य – Himalayan Dainik
आजदेखि एसईई परीक्षा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

आजदेखि एसईई परीक्षा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

काठमाडौं, १५ चैत - आज बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुने बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले जानकारी दिनुभएको छ । यस वर्ष बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३ सय ७० विद्यार्थी सहभागी हुनेछन्। त्यस्तै मधेश प्रदेशबाट ८१ हजार ३ सय १७,...

बजेट अभावमा नगर अस्पतालको काम रोकियो

बजेट अभावमा नगर अस्पतालको काम रोकियो

दमौली (तनहुँ), १५ चैत - बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने भवन निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको नगरप्रमुख दधिराज सुवेदीले राससलाई बताउनुभयो । एघार...

निःस्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित

निःस्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित

गलेश्वर (म्याग्दी), १३ चैत - म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको ११औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित भएका छन् । सहकारीका शेयर सदस्यलाई लक्ष्य गरी आयोजित निःशुल्क मधुमेह, उच्च रक्तचाप र दाँत जाँच शिविरमा दुई सय नौ जनाले सेवा लिएका...

महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित बझाङका महिला

महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित बझाङका महिला

चैनपुर (बझाङ), ११ चैत - बाउन्न वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठान्नुभएको थियो । यद्यपि उहाँलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो । उहाँ दशकभन्दा लामो समयदेखि आङ खस्ने समस्याबाट पीडित हुनुहुन्थ्यो । रोग र गरिबीसँग लड्दै आउनुभएकी दूधकलाको परिवारमा दैनिक...

शिक्षामा लगानी बढाउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

शिक्षामा लगानी बढाउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, ७ चैत - उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । शिक्षालय राष्ट्रिय मासिकले मङ्गलबार यहाँ आयोजना गरेको १८औँ ‘नेशनल एजुकेसन अवार्ड’ कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा क्षेत्र बिग्रिएमा समाजको विकासक्रम नै बिग्रने भएकाले शिक्षाका भौतिक पूर्वाधार...

‘बस एक्कासि बजारियो, उठेर चिच्याउँदै काखको छोरी खोज्न थालेँ’

‘बस एक्कासि बजारियो, उठेर चिच्याउँदै काखको छोरी खोज्न थालेँ’

कास्की, ६ चैत - रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ की २८ वर्षीया सरिता ढकाल खड्का पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहनुभएको छ । रुकुमबाट काठमाडौँका लागि छुटेको खड्का चढ्नुभएको यात्रुवाहक बस सोमबार साँझ बाग्लुङको निसीखोला–६ मा दुर्घटना भएको थियो । सरिताको ढाड र टाउकामा चोट लागेको छ । सरिता...

अस्पताल भवन निर्माणमा भएको विलम्बले सेवा प्रभावित

अस्पताल भवन निर्माणमा भएको विलम्बले सेवा प्रभावित

म्याग्दी, ५ चैत - कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघिनै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन । पचास श्ययाको अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र...

मृगौला दिवसको अवसरमा अध्यक्ष ओलीको सन्देश

मृगौला दिवसको अवसरमा अध्यक्ष ओलीको सन्देश

काठमाडौँ, १ चैत - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिर्गौला जोगाउन आफैँ सजग हुनुपर्ने बताउनुभएको छ । आज विश्व मिर्गौला दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिनुहुँदै उहाँले डायलासिस अल्पकालीन रोकथाम मात्र भएको उल्लेख गर्नुभएको हो । उहाँले लेख्नुभएको छ,’मिर्गौला जोगाउन हामी आफैँ सजग हुनु पर्छ, डायलासिस त अल्पकालीन रोकथाम...

आज विश्व मिर्गौला दिवस मनाइँदै

आज विश्व मिर्गौला दिवस मनाइँदै

काठमाडौँ, १ चैत - आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउने गरिन्छ । यस वर्षका लागि ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नारा तय गरिएको छ । विभिन्न स्वास्थ्यसँग सम्बन्धित...

जब शिक्षक पात र सिन्का बोकेर कक्षाकोठामा पस्नुभयो !

जब शिक्षक पात र सिन्का बोकेर कक्षाकोठामा पस्नुभयो !

बलेवा (बागलुङ), ३० फागुन - सधैँजसो कक्षा आरम्भ हुँदा हातमा हाजिर कपी र पठनपाठनका सामग्री बोकेर कक्षाकोठा प्रवेश गर्ने शिक्षिका सुशीला श्रेष्ठ सोमबार सालका पात र बाँसका सिन्का बोकेर पस्नुभयो । न्यू एभरेष्ट एकेडेमीको नर्सरी कक्षाकी कक्षा शिक्षक श्रेष्ठ सोमबार कक्षा ७ मा प्रवेश गर्नुभयो । उहाँसँगै अन्य शिक्षिका पनि...