विश्व – Himalayan Dainik
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौँ, १३ वैशाख - नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले आज जनाएको छ । बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र...

ओहोदाको प्रमाणपत्र प्रस्तुत

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, १३ वैशाख - इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो माटारेलासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । त्यसअवसरमा राष्ट्रपति माटारेलाले इटाली र नेपालबीचको सुमधुर सम्बन्धबारे चर्चा गर्दै दुवै मुलुकबीच आर्थिक तथा जनस्तरको सम्बन्ध विस्तारमा जोड दिनुभएको जेनेभास्थित नेपाली राजदूतावासले आज जनाएको छ । राजदूत...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता

काठमाडौँ, १२ वैशाख - मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ । उहाँलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे,...

पुरातात्विक सम्पदाको संरक्षण र पुनःनिर्माणमा चासो

पुरातात्विक सम्पदाको संरक्षण र पुनःनिर्माणमा चासो

गलेश्वर (म्याग्दी) १२ वैशाख - यहाँका स्थानीय तहले पुरातात्विक सम्पदाको संरक्षण र पुनःनिर्माणमा चासो देखाउन थालेका छन् । संरक्षण र मर्मत सम्हारको अभावमा वर्षौदेखि अलपत्र ऐतिहासिक तथा पुरातात्विक सम्पदाको मर्मत, पुनःनिर्माण, संरक्षण तथा प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय तह सक्रिय भएका हुन् । तत्कालिन पर्वत राज्यको मुकाम...

सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ, २८ चैत - संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गर्नुभएको छ । सार्कका महसचिवलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसङ्घले सहकार्य...

प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

काठमाडौँ, २७ चैत - देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र २५ गते आयोजित यात्रासम्बन्धी प्रदर्शनीमा नेपाल सहभागी भएको छ । प्रदर्शनीमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी विविध सामग्री समावेश गरिएको थियो । प्रदर्शनीस्थलमा आएका जिज्ञासुहरूलाई ती सामग्री वितरण पनि गरिएको ओटावास्थित नेपालको राजदूतावासले जनाएको छ । प्रदर्शनीमा...

आलेख : ‘मिथिला पेन्टिङ, घुम्टोदेखि अमेरिकासम्म’

आलेख : ‘मिथिला पेन्टिङ, घुम्टोदेखि अमेरिकासम्म’

जनकपुरधाम, २६ चैत - विसं २०४३ तिरको कुरा थियो । मधेसको बन्द समाज । महिलाहरूलाई घरको चौघेरा नाघेर बाहिर निस्किन सजिलो थिएन । समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाका भारी सकिनसकी बोकेर हुर्किंदै हुनुहुन्थ्यो जनकपुरधामकी मञ्जुला ठाकुर । खुसी के हो ? समाज के हो ? जिम्मेवारी के हो ? भनेर...

करका दर घटबढ हुँदा कारणसहित प्रष्ट पार्नेछौँ : अर्थमन्त्री पुन

करका दर घटबढ हुँदा कारणसहित प्रष्ट पार्नेछौँ : अर्थमन्त्री पुन

वीरगञ्ज (पर्सा), २५ चैत -अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा राजस्वको दररेट कायम गर्दा पारदर्शिता अपनाइने बताउनुभएको छ । अर्थमन्त्रालय र वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज राजस्व परामर्श तथा बजेट तयारीसम्बन्धी आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पुनले विगतका वर्षमा बजेट वक्तव्यमार्फत करको दररेट बढाउँदा वा घटाउँदा...

स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान

स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौँ, २१ चैत - सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति अभिप्रेरित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो । नेपाल–स्वीटजरल्याण्ड परामर्श संयन्त्रको मङ्गलबार बेर्नमा सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले...

एनएफपिजेको सहकार्यमा गान्सु फोटोग्राफर चाइनाद्वारा पाटनमा फोटो प्रदर्शनी सम्पन्त्र

एनएफपिजेको सहकार्यमा गान्सु फोटोग्राफर चाइनाद्वारा पाटनमा फोटो प्रदर्शनी सम्पन्त्र

ललितपुर,१२ चैत – गान्सु मोर्डन फोटोग्राफी समाज चाइनाको आयोजनामा ललिपुरको पाटन दरबार स्क्वायरस्थित पाटन संग्रहालयमा फोटो प्रदर्शनी आयोजना गरिएको छ। सोमबार उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा नेपाल चाइना फ्रेन्डसिप फोरम (NCFF), राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (NFPJ) र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको सहकार्यमा फोटो प्रदर्शनीमा राखिएको हो।...