धरान, १५ चैत - इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि पेनाल्टि सु्टआउटका आधारमा नेपाल आर्मीको त्रिभुवन आर्मी २–१ गोल...
जानकी (बाँके), १० चैत - फुटबलको विकासमा सघाउने उद्देश्यले बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा यहाँ सञ्चालित एन्फा कम्युनिटी कोचिङ सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालीकोटका ४३ जनालाई बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवं एन्फा केन्द्रीय सदस्य भोजराज शाही, नेपाली राष्ट्रिय...
काठमाडौं, ३ चैत - धरानमा जारी २४ औँ बुढासुब्बा गोल्डकपको उपाधिका लागि शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एसोसिएसनबीच प्रतिस्पर्धा हुँदैछ। एकपटक उपाधि हात पारिसकेको एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको हो। यस्तै मोरङ फुटबल एसोसिएसन पहिलोपटक फाइनलमा पुगेको हो। विभागीय त्रिभुवन आर्मी र गत वर्षको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ...
काठमाडौँ, २४ फागुन - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल...
काठमाडौँ,२२ फागुन - त्रिकोणात्मक टी २० आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्दैछन्। फाइनल भिडन्त मंगलबार बिहान ११ः ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल चार अंक जोड्दै फाइनलमा पुगेको हो ।...
काठमाडौं,२० फागुन - केपी ओली कपको उपाधि दोस्रोपटक मछिन्द्र एफसीले हात पारेको छ। शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेल पेनाल्टी सुटआउट ,टाईब्रेकरमा गएको थियो। खेलको निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको हो। पहिलो संस्करणमा पनि मछिन्द्रले पेनाल्टिबाटै जित निकालेको थियो। मछिन्द्रका लागि सनिस श्रेष्ठ,...
महेन्द्रनगर (कञ्चनपुर), १८ फागुन - विसं २०५७ सम्म स्कुलस्तरको जुनियर राष्ट्रिय फुटबल खेलेका कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनगाउँका राजेन्द्र चन्दले फुटबलको यात्रा बिट मारेको वर्ष दिनमै कुस्ती खेलबाट सुदूरपश्चिमका लागि राष्ट्रिय कुस्ती प्रतियोगितामा पहिलो रजत पदक दिलाउनुभयो । विसं २०५८ मा भएको कुस्तीको राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमका लागि पहिलो रजत पदक दिलाएका...
काठमाडौँ, १६ फागुन - निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै नामिबियाले त्रिकोणात्मक टी–२० सिरिजमा नेपाललाई २०७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो । लोफ्टी इटनले १०१ रन बनाए...
फिक्कल (इलाम), ९ फागुन - इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गर्नुभएको हो ।...
कास्की, ८ फागुन - मधेस प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको तेस्रो संस्करणको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको सानदार जित निकाल्दै मधेस दोस्रोपटक च्याम्पियन बन्न सफल...