खेलकुद – Himalayan Dainik
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौँ, ६ जेठ - नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा दीपक थापा निर्वाचित हुनुभएको छ । सङ्घको आज बिहान सम्पन्न निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो । सङ्घको प्रथम उपाध्यक्षमा विनोदजङ्ग केसी, द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू, तृतीय उपाध्यक्षमा सेमन्तराज न्यौपाने र...

भलिबल खेलाडीलाई सेनाको सहयोग

भलिबल खेलाडीलाई सेनाको सहयोग

महेन्द्रनगर (कञ्चनपुर), ४ जेठ - नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा आश्रित सुदूरपश्चिमका विभिन्न जिल्लाका खेलाडीलाई सेनाले खाद्यान्नलगायत सामग्री सहयोग गरेको हो । कञ्चनपुर जिल्ला भलिबल सङ्घले लामो समयदेखि खेलाडी एकत्रित गरेर यहाँस्थित प्रशिक्षण केन्द्रमा भलिबलको अभ्यास तथा उहाँहरुलाई पढ्न सहयोग गर्दैआएको छ...

राष्ट्रिय भलिबल खेलाडी सम्मानित

राष्ट्रिय भलिबल खेलाडी सम्मानित

वालिङ (स्याङ्जा), १ जेठ - गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको छ । भलिबल खेलका माध्यमबाट जिल्लाका साथै प्रदेशको प्रतिष्ठा बढाएकामा उनीहरूसम्मान गरिएको हो । स्याङ्जाको वालिङ–७ वनकट्टामा अवस्थित मनकामना युवा क्लबको १६औँ वार्षिकोत्सव तथा वैशाख पञ्चमीको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताका अवसरमा पूर्वराष्ट्रिय खेलाडी तथा गण्डकी...

पुस्तक समीक्षा : झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’

पुस्तक समीक्षा : झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’

काठमाडौँ, ३१ वैशाख - इतिहासका घटनालाई आधार बनाएर नाटक, खण्डकाव्य, उपन्यास आदि साहित्यिक कृति लेखिने तथा चलचित्र निर्माण गरिने चलन कायमै छ । बालकृष्ण सम, डायमनशमशेर, भीमनिधि तिवारी, माधवप्रसाद घिमिरे, एसपी आशा, श्रीकृष्ण श्रेष्ठ, नारायण ढकाल, योगेशराज, निलम कार्की निहारिका, नगेन्द्र न्यौपाने, चन्द्रप्रकाश बानियाँ, केशव दाहाल, गोविन्दप्रसाद कुसुम, राजव, चिरञ्जीवी...

सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना

सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना

काठमाडौँ, २३ वैशाख - नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध भएको ५०औँ वर्षको स्वर्णजयन्तीका अवसरमा यहाँ सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना गरियो । गणतन्त्र कोरियाली दूतावासद्वारा आयोजित सो कार्यक्रममा विश्वमा ख्याती कमाएका ३० जना कोरियाली कलाकारले विशेष प्रस्तुति दिएका थिए । साराङहेयोको नेपाली अर्थ ‘मायाँ गर्छु’ हो । सो अवसरमा कोरियाका...

पोखरा स्पोर्ट्स अवार्ड : चार विधामा मनोनयन सार्वजनिक

पोखरा स्पोर्ट्स अवार्ड : चार विधामा मनोनयन सार्वजनिक

कास्की, १७ वैशाख - नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्षेनी गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको आठौँ संस्करण यही वैशाख २८ गते पोखरा सभागृहमा हुने भएको छ । मञ्चले खेलकुदको क्षेत्रमा क्रियाशील खेलाडी तथा व्यक्तिहरुलाई प्रोत्साहित गर्नका लागि अवार्ड वितरण गर्दै आएको छ । सो समारोहको तयारीका कामअघि बढाइएको मञ्चले जनाएको...

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

गण्डकी, १३ वैशाख - पोखरा महानगरपालिका–२९ स्थित लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा यही वैशाख १४ र १५ गते चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुुने भएको छ । पोखरा महानगरपालिका–२९ को संरक्षकत्व एवं मुख्य प्रायोजन रहेको प्रतियोगिता पोखरा महानगरपालिका–३० स्थित भूगोल पार्कको ब्याडमिन्टन हलमा सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका...

‘अब धनगढी दौडिन्छ’ म्याराथनमा मुकेश पाल प्रथम

‘अब धनगढी दौडिन्छ’ म्याराथनमा मुकेश पाल प्रथम

सुदूरपश्चिम, १ वैशाख - ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ नयाँ वर्ष २०८१ का आवसरमा कैलालीको धनगढीमा आज आयोजित हाफ म्याराथन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका छन् । धनगढी जेसीजद्वारा आयोजित २१ किलोमिटर दूरीको उक्त हाफ म्याराथन मुकेशले एक घण्टा सात मिनेट ५७ दशमलव ३५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान...

पर्यटकीय गन्तव्य बन्दै ताप्लेजुङको ‘सिङ्जेमा ताल’

पर्यटकीय गन्तव्य बन्दै ताप्लेजुङको ‘सिङ्जेमा ताल’

फुङ्लिङ (ताप्लेजुङ), २५ चैत - जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण ताप्लेजुङको सिङ्जेमा ताल पर्यटकीय गन्तव्य बनेको छ । तालको बारेमा इन्टरनेटको माध्यमबाट प्रचार हुन थालेपछि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो । आगामी नयाँ वर्षको अवसरमा सिङ्जेमा ताल घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको तुलनामा बढ्ने स्थानीयवासीको...

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

मोरङ,२५ चैत - मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो । प्रतियोगिताअन्तर्गत शनिबार राति भएको निर्धारित ९० मिनेटको खेलमा दुवै समूहबाट गोल हुन नसकेपछि अतिरिक्त...