काठमाडौँ – गुण एयरलाइन्सको पोखरा उडेको जहाज प्राविधिक समस्याका कारण पुनः काठमाडौँ नै फर्किएको छ ।
आइतबार बिहान १० बजे पोखराको लागि उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा नै अवतरण गरिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
विहान साढे ८ बजेका लागि उडान भएपनि डिले भएर १० बजे पोखराका लागि उडेको थियो । तर ककपिटमा इन्डिकेटरले ढोका लक नभएको सूचित गरेपछि पाइलटले जहाज फर्काएका बताइएको छ । हाल जहाजको परीक्षण भइरहेको जनाइएको छ ।
