अमेरिकामा कोभिड-१९बाट अहिलेसम्म ८० हजार बढीको मृत्यु – Himalayan Dainik

अमेरिकामा कोभिड-१९बाट अहिलेसम्म ८० हजार बढीको मृत्यु


अमेरिकामा कोभिड-१९बाट अहिलेसम्म ८० हजार बढीको मृत्यु

एजेन्सी, २९ बैशाख – अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का कारण ८० हजार ७८७ को ज्यान गइसकेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १३ लाख ६७ हजार ६३८ पुगेको छ । २ लाख ५६ हजारभन्दा बढी बिरामी भने पूर्ण रुपमा निको समेत भइसकेका छन् ।

न्यूयोर्कमा पनि कोरोनाका कारण अहिलेसम्म २६ हजार ८१२ को ज्यान गइसकेको छ । अर्को बढी प्रभावित राज्य न्युजर्सीमा पनि कोरोनाका कारण ९ हाजार २६४ ले ज्यान गुमाएका छन् ।