काठमाडौँ, २९ वैशाख – विश्वव्यापी महामारी कोराना भाईरस कोभिड १९ का कारण नेपालमात्रै लकडाउनमा छैन, विकसित मुलुक थाइल्याण्ड पनि लकडाउनमै छ ।
लकडाउन हुने वित्तिकै कोही पनि घरबाहिर निस्केर दैनिक आयआर्जन या रोजगारीमा जान पाउने कुरै भएन । यस्तो अवस्थामा दैनिक खानेकुराको जोहो गर्न नेपालीलाई मात्रै होइन थाइल्याण्डको अर्काे शहर फुकेटवासीलाई पनि उत्तिकै समस्या रहेछ ।
अरुलाई समस्या पर्दा सहयोग गर्न नेपालीहरु कहिल्यैपनि पछि हट्दैनन भन्ने कुराको गतिलो उदाहरण थाइल्याण्डमा बस्दै आएका नेपालीहरुले दिएका छन् ।
नेपालीहरु सम्मिलित संस्था इन्टरनेशनल सोसाइटी फर कृष्ण कन्सियसनेस (इस्कोन) थाई—नेपाली एशोसियसन फुकेटले गत मे ६ तारिखदेखि दैनिक ६ सयजनालाई निःशुल्क खाना खुवाएर नेपालीको सहयोगी भावनाको उदाहरण प्रस्तुत गरिरहेका छन् ।
लकडाउनका कारण समस्यामा परेका फुकेटवासीलाई मे ३० तारिखसम्म निशुल्क खाना खुवाउने काम जारी रहने इस्कोन थाई—नेपाली एशोसियसन फुकेटले जनाएको छ ।
त्यस्ता व्यक्तिहरुलाई थप सहयोग गर्ने कोही नेपाली या अन्य दाता भएमा इस्कोन थाई—नेपाली एशोसियसन फुकेटसंग समन्वय गर्न पनि सो संस्थाले आग्रह गरेको वरिष्ठ फोटो पत्रकार न्हुच्छेमान डंगोलले बताए ।