लकडाउन, घामपानी, हावा हुरी केहीले पनि रोकेन काठमाडौँ छोडेर गाउँ फर्किन ( फाेटाे फिचर ) – Himalayan Dainik

लकडाउन, घामपानी, हावा हुरी केहीले पनि रोकेन काठमाडौँ छोडेर गाउँ फर्किन ( फाेटाे फिचर )


लकडाउन, घामपानी, हावा हुरी केहीले पनि रोकेन काठमाडौँ छोडेर गाउँ फर्किन  (  फाेटाे फिचर )

काठमाडौं, ११ वैशाख  –  लकडाउनको आज ३१ औं दिन बित्दा पनि नागरिकहरूको आफ्नो गाउँ फर्कने क्रम रोकिएको छैन । कति त हिँडेर नै आफ्नो गन्तव्य पुगेका छन् भने कोही स्थानीय निकायको समन्वयमा घर गएका छन् ।

लकडाउन भएको महिनौ बितिसक्दा पनि खुल्ने अत्तोपत्तो नभएपछि दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने देखि अन्य पेशाकर्मीहरू पनि उपत्यका छाड्न बाध्य भएका छन् ।

हिजोआज साँझ परेपछि उपत्यकाको सडक, चोक तिर झोला बोकेर बालबच्चा,वृद्धवृद्धा र युवापुस्ताको बाक्लो भीड देख्न सकिन्छ । सरकारले राहत प्याकेज ल्याए पनि पहुँच नभएकाले राहत पाउन गाह्रो भएको बताउँछन । नागरिकका समस्यामा सरकार गम्भीर नबन्दा र श्रमजीवि मजदूरहरूलाई राजधानीमा खान समस्या भएपछि उनीहरू गाउँ फर्कन बाध्य भएका हुन् ।