मेलम्चीको पानी पुन: आयो उपत्यकामा – Himalayan Dainik

मेलम्चीको पानी पुन: आयो उपत्यकामा


मेलम्चीको पानी पुन: आयो उपत्यकामा

काठमाडौं – मेलम्ची खानेपानी पुन: काठमाडौं उपत्यकामा आइपुगेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाश कुमार राईले सोमबार बेलुका सुरुङमा हालिएको पानी अहिले उपत्यकामा आइपुगेको जानकारी दिए।

‘पानी आइपुगेको छ, पूरा क्षमताअनुसार आइपुगेको छैन, जति आउँदै जान्छ, त्यति मिलाएर ग्राहकहरुको घरमा पठाउँदै जान्छौँ,’ उनले भने। उनले अहिले पानी वितरणको प्रकृयमा रहेको बताए।

मेलम्ची खानेपानी विकास समितिले यो वर्षामा पनि मेलम्चीको पानी ल्याउनको लागि संरचना मर्मतको काम गरिने भन्दै जेठ ५ गतेदेखि १५ गतेसम्म अर्थात १० दिन बन्द हुने जानकारी दिएको थियो। अहिले मर्मतको काम भएपछि पुनस् पानी काठमाडौं आइपुगेको हो।