काठमाण्डौ – भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० क्रिकेट आज हुँदैछ । खेल नागपुरमा बेलुका सवा ७ बजे सुरु हुनेछ ।
अस्ट्रेलियाले पहिलो टी–२० मा घरेलु टोली भारतलाई चार विकेटले हराउँदै शृङ्खलामा १–० को अग्रता बनाएको छ ।शृङ्खला जोगाउन भारतलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
यी दुई देशबीचको तेस्रो तथा अन्तिम खेल पर्सि आइतवार हुनेछ ।