नागरिकता विधेयक प्रमाणित नगर्न राष्ट्रपतिलाई ध्यानाकर्षण – Himalayan Dainik

नागरिकता विधेयक प्रमाणित नगर्न राष्ट्रपतिलाई ध्यानाकर्षण


नागरिकता विधेयक प्रमाणित नगर्न राष्ट्रपतिलाई ध्यानाकर्षण

हालै संघीय संसदबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालयमा पुगेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ को देशभक्त नागरिक समूहले परिमार्जनको माग गरेको छ । विधेयकमा भएका कतिपय प्रावधान देशको हितविपरीत रहेको उक्त समूहको दाबी छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिकता विधेयकलाई परिमार्जनको लागि पुनर्विचार गरियोस् भनेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको पनि उक्त समूहले जानकारी दिएको छ ।

नेकपा(माओवादी केन्द्र)का पूर्व पोलिटब्युरो सदस्य नारायण शर्माले अहिले आएको नागरिकता विधेयकलाई चरम राष्ट्रघातीको संज्ञा दिए । सरकारले विधेयक ल्याएर राष्ट्रको नाम निसान नै नष्ट गर्न खोजेको उनको टिप्पणी छ ।