धादिङ पहिरो : एक जनाको ज्यान गयो – Himalayan Dainik

धादिङ पहिरो : एक जनाको ज्यान गयो


धादिङ पहिरो : एक जनाको ज्यान गयो

काठमाडौँ – धादिङको निलकण्ठ नगरपालिका-४ रानागाउँ बेसीघरमा पहिरोले घर पुर्दा एक जनाको ज्यान गएको छ । घरमाथिबाट आएको पहिरोले पुरिँदा ३० वर्षीया शर्मीला थापामगरको ज्यान गएको हो ।

यस्तै, अरुण खोलामा बाढी आउँदा पाँच वटा घरमा क्षति पुगेको छ । स्थानीय सुरेश राना र दिपेन्द्र रानाको घर पूर्ण रुपमा भत्केको छ भने राजकुमार राना, साहिँला राना र नारायण श्रेष्ठको घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो ।