काठमाडौँ – साहित्यकार बि के पाल्पाली (विजय पोखरेल ) को निधन भएको छ ।
वि.स. २०३२ सालमा पाल्पामा जन्मनु भएका पाल्पालीको गएराति आफ्नै निवास भक्तपुरमा निधन भएको हो ।
उनी कानुन व्यवसायी समेत रहेका थिए । दुई वटै मिर्गौलामा समस्या देखिएपछि एक दशकदेखि मिर्गौलाको उपचार गराउँदै आएका थिए । पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका पाल्पालीका एक छोरा एक छोरी र श्रीमती छन ।