२३ औ हिमालयन ह्वाइट वाटर च्यालेन्स प्रत्योगिता सम्पन्न – Himalayan Dainik

२३ औ हिमालयन ह्वाइट वाटर च्यालेन्स प्रत्योगिता सम्पन्न


२३ औ हिमालयन ह्वाइट वाटर च्यालेन्स प्रत्योगिता सम्पन्न

सिन्धुपाल्चोक,२२ पुस : २३ औ हिमालयन ह्वाइट वाटर च्यालेन्स प्रतियोगित नेपाल एसोसियसन अफ –याफ्टीङ एजेन्सी (नारा) को आयोजनामा सम्पन्न भएको छ । प्रतियोगितमा दुइ खेल समावेश गरेको थियो । १. कायाक २.–याप्टीङ । दुइ दिन सम्म भएको प्रतियोगितामा पहिलो दिनको खेल कायाकमा कायाक सलालम, दोश्रो डाउन रिभर र तेश्रो ओभरत खेल गरी तिन विद्यामा खेल सम्मन्न भएको छ। दोश्रो दिनमा डाउन रिभर –याफ्टीङ प्रतियोगिता भई समापन भएको थियो ।

नेपाल टुरिष्ट गाइड एसोसियसन (टुरगान)का अध्यक्ष थानेश्वर देवकोटाले पनि पर्यटन व्यवसायलाई कसरी प्रचार प्रचार गर्ने विषयमा बोल्नु भएको थियो ।

समापन कार्याक्रममा बागमती प्रदेश पूर्व प्रर्यटन,संस्कृति मन्त्री तथा सांसद दिपेन्द्र श्रेष्ठको प्रमुख अतिथिमा उपस्थिती थियो । प्रमुख अतिथि श्रेष्ठ लगायत न्याथमका विभागिय प्रमुख अजय ढकाल नाराका अध्यक्ष शिव अधिकारी लगायतले दुवैखेलका विजेताहरुलाई प्रमाणपत्र तथा नगद प्रदान गर्नु भयो । यस कार्यक्रममा प्रथम हुनेले नगद ५०००/- पाँच हजार र –याफ्टीङका विजेता हुनेले नगद रु ३००००/- तिस हजार प्राप्त गरे भने अन्तिमा सवैलाई बधाई दिदै कार्यक्रमकाे समापन अध्यक्ष शिव अधिकारीले गर्नु भएको थियो ।