इस्थर बेन्जामनि स्मृती संस्थाको काम प्रशसंनीय – Himalayan Dainik

इस्थर बेन्जामनि स्मृती संस्थाको काम प्रशसंनीय


इस्थर बेन्जामनि स्मृती संस्थाको काम प्रशसंनीय

काठमाडौं ४ असोज – इस्थर बेन्जामिन स्मृति संस्थाको समाजिक परिक्षण सम्पन्न भएको छ ।

बालश्रमबाट उद्धार गरिएका बालकहरुलाई आवासिय सुविधासहित शिक्षा प्रदान गर्ने सो संस्थाको वार्षिक कार्ययोजना अनुसार सामाजिक परिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

सो अवसरमा महिला तथा समाजिक मामिला समितिका सभापति किरण शाहले बालबालिकाको सुरक्षित वातावरणमा हुर्कन, पढ्न सिक्न पाउने हक भएपनि विविध कारणले श्रममा पुगेका बालबालिकाको पनि उद्धार गरिएपछि बालहितका लागि लगानी गर्दै आएको इस्टर बेन्जामिन स्मृति केन्द्रको काम सह्रानीय रहेको बताउनुभयो ।

उहाँले बाल संरक्षणको नीति अनुरुप नीजि स्तरमा खुलेका संस्थाले पनि आवासिय सुविधासहित शिक्षा दिने र सिप सिक्न चाहने बालबालिकालाई सिप सिकाएर मात्र आत्मनिर्भर बनाएर पठाउने काम सह्रानिय रहेको बताउनुभयो ।

बालअधिकारका लागि संसदीय समितिका संयोजक रञ्जुकुमारी झाले नेपालमा बालश्रमको अन्त्यका लागि इस्थर बेन्जामिन जस्तो संस्थाहरुको पनि विशेष योगदान हुने बताउँदै आफ्नो गृहजिल्ला सप्तरीमा संस्थाको शाखा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,“सो जिल्ला सिमासँग जोडिएकोले बालबालिकालाई श्रममा लगाउन, बोर्डर पार गराउने सम्भावना धेरै भएको,गरिवी, पारिवारीक समस्याका कारण संरक्षणको अभावमा रहेका बालबालिकालाई उद्दार गर्दा पनि संरक्षणमा राख्ने स्थानको अभाव भएकोले सप्तरी जिल्लामा पनि इस्थर बेन्जामिन स्मृति केन्द्रको आवश्यकता छ ।”

राष्ट्रिय बालपरिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बालबालिकासँग सम्वन्धीत सङ्घ संस्थाले वर्षभरि गरेका कार्यक्रमको समिक्षा गर्न सामाजिक परिक्षण जस्तो सार्वजनिक कार्यक्रमको आयोजना गर्नु पारदर्शी हुनु हो, भन्नुभयो ।

परिषद्मै कार्यरत नमुना भूषालले पनि सो संस्थाको कामसँग आफु सुन्तुष्ट रहेको बताउनुभयो ।

इस्थर बेन्जामिन स्मृति संस्थालाई सहयोग गर्ने संस्था चाइल्ड रेस्क्यू लण्डनका प्रमुख डेभिडले नेपालीमा भएको विनम्र भाव नै आफुलाई मन पर्ने बताउँदै हरेक पटक नेपाल आउँदा पाइने न्यानो स्वागत र संस्थामार्फत बालबालिकाप्रति इमान्दारीपूर्वक गरेका कामबाट प्रभावित भएको बताउनुभयो ।

इस्थर बेन्जामिन स्मृति संस्थाका अध्यक्ष उपेन्द्र कुमार पौडेलले संरक्षणको आवश्यकता भएका बालबालिकालाई संस्थाले दिने सुविधाको परिणाम देखिएको बताउँदै उनीहरुले आत्मनिर्भर भएर अगाडि बढेको देख्दा सन्तुष्टी प्राप्त हुने र सक्षम नागरिक बनाउन संस्थाको योगदान देखिएको बताउनुभयो ।

सो संस्थाका कार्यकारी निर्देशक आत्माराम थापाले संस्थाको समग्र क्रियाकलाप बोल्दै बाल अधिकारको क्षेत्रमा उल्लेखनीय काम भइरहेको र संस्थाको बालश्रम मुक्त समाज निर्माणका लागि पुर्‍याएको योगदानबारे स्पष्ट पार्नुभयो ।

उहाँले सन् २००३ मा स्थापना भएको सो संस्थाले हालसम्म बालश्रममा संलग्न भएर उद्धार गरिएका करिब एकहजार बालबालिकालाई शिक्षाको साथै उनीहरुकै रोजाईको सिप सिकाएर आत्मनिर्भर समेत बनाएको बताउनुभयो ।

त्यसैगरी संस्थाका कार्यक्रम व्यवस्थापक प्रेम केसीले संस्थाले गत वर्ष सम्पन्न गरेका कार्यक्रम, योजना र बेजेटबारे प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सो अवसरमा इस्थर बेन्जामिन स्मृति संस्थामा रहेर आवासिय सुविधासहित सेवा पाइरहनुभएकी आस्मा विकले आफु रोल्पा जस्तो विकट स्थानबाट आएको, राजधानीमा संस्थाले दिएको शिक्षा, आवासिय सुविधासहित खेलकुदमा सक्रिय हुन दिएको अवसरप्रति सधैं कृतज्ञ रहने बताउनुभयो ।

उहाँले आफुलाई जस्तै सहयोगको आवश्यकता भएका अन्य बालबालिकाले पनि यस्तो सुविधा र अवसर पाए सक्षम नागरिक बन्ने विचार व्यक्त गर्नुभयो ।

चन्द्रागिरी नगरपालिकाका सामाजिक शाखा प्रमुख रश्मि श्रेष्ठ,ललितपुर महानगरपालिकाका सरिता महर्जन, प्रहरी इन्स्पेक्टर दाक्षेकी शेर्पा, कागेश्वरी मनोहरा नगरपालिकाका महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख शान्ता पोखरेललगायतले इस्थर बेन्जामिन स्मृति संस्थाले बालबालिकाको क्षेत्रमा गरिरहेको काम प्रसंनीय रहेको बताउनुभयो