काठमाडौं – सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बनाएको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ ।
आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बस्ने तय भएको हो । कार्यदल संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन भने ५ दलीय गठबन्धनबाट दुई-दुई जना सदस्य रहेका छन् ।
गत साउन २० मा सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन गरेर जाने औपचारिक सहमति गर्दै सिट बाँडफाँट गर्न कार्यदल बनाएका थिए ।
