काठमाण्डौको काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको शव भेटियो – Himalayan Dainik

काठमाण्डौको काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको शव भेटियो


काठमाण्डौको काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको शव भेटियो

काठमाण्डौ – काठमाण्डौको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव भेटिएको छ । श्रीमान् केशव पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरीको शव फेला परेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

उनका अनुसार केशव पाण्डे झुन्डिएको अवस्थामा फेला परेका छन भने अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको छ । आज सोमवार बिहान स्कुल जाने बेलामा एक जना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।