मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज – Himalayan Dainik

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज


मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

जनकपुरधाम – मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार ९आज० प्रदेशसभामा प्रस्तुत हुने भएको छ । अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष ०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद्ले सरकारको नीति तथा कार्यक्रम शनिबार स्वीकृत गरिसकेको छ । नीति तथा योजना आयोगका उपाध्यक्ष डा। भोगेन्द्र झाका अनुसार नीति तथा कार्यक्रममा आर्थिक स्थिरता कायम गर्ने, आर्थिक वृद्धिदर बढाउने, अनुत्पादक खर्च नियन्त्रण गर्ने, प्रशानिक क्षेत्रमा अनुशासन कायम गर्ने, स्वरोजगार प्रवर्द्धन गर्ने र शिक्षा, स्वास्थ्यमा सुधार ल्याउने योजना समावेश गरिएको छ ।