विश्व बैंकसँग दुई अर्ब १४ करोड ऋण सम्झौता – Himalayan Dainik

विश्व बैंकसँग दुई अर्ब १४ करोड ऋण सम्झौता


विश्व बैंकसँग दुई अर्ब १४ करोड ऋण सम्झौता

काठमाडौँ- नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बरारको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ ।

आज अर्थ मन्त्रालयमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरे ।

सो ऋण नेपालले कोभिड–१९ विरुद्धको खोप खरिदमा उपयोग गर्नेछ । विशेषगरी ५ वर्षभन्दा माथिका सबैलाई खोप उपलब्ध गराउनका लागि सो रकम खर्च गरिने उल्लेख छ ।