प्रतिभा ‘अर्पण’ काे “लाउदैन र बाडुल्की” बोलको गीत सार्बजनिक (भिडियाे सहित) – Himalayan Dainik

प्रतिभा ‘अर्पण’ काे “लाउदैन र बाडुल्की” बोलको गीत सार्बजनिक (भिडियाे सहित)


जाजरकाेट, ७ चैत – जाजरकाेटी गायीका प्रतिभा ‘अर्पण’ काे “लाउदैन र बाडुल्की” बोलको गीत सार्बजनिक भएको छ । प्रतिभा महतरा ‘अर्पण’ र कमल बिसी ‘माल्दाई’ को स्वरमा रहेको “लाउदैन र बाडुल्की” बोल गीतको म्युजिक भिडियो बिहिबार सार्बजनिक भएको हो ।

केही समय देखि प्रतिक्षारत “लाउदैन र बाडुल्की” म्युजिक भिडियोकाे गित मौलिक भएको बताईएको छ । चर्चीत सर्जक शिव हमालको शव्द–संगित रहेको गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री र रक्षा श्रेष्ठको आकर्षक अभिनय रहेको छ । मौषम हिमालीको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोको छाँयाङकण नवराज उप्रेतिले गरेका छन् ।

जिल्लाको शिवालय गाउँपालिका–१ मा जन्मेकी प्रतिभा ‘अर्पण’ बिगत तीन बर्ष पहिला देखि बर्दियाको राजापुर नगरपालिकामा सरकारी सेवामा कार्यरत छन् । सानै देखि साहित्य र सांगितिक क्षेत्रमा सक्रिय प्रतिभाले आफुलाई “लाउदैन र बाडुल्की” गीतकाे माध्यमबाट सांगितिक क्षेत्रमा स्थापित गर्न खोजेकी हुन।