महरा बलात्कार प्रकरण : शाहीको स्वास्थ्य जाँच गर्ने डाक्टर झिकाउन अदालतको आदेश – Himalayan Dainik

महरा बलात्कार प्रकरण : शाहीको स्वास्थ्य जाँच गर्ने डाक्टर झिकाउन अदालतको आदेश


महरा बलात्कार प्रकरण : शाहीको स्वास्थ्य जाँच गर्ने डाक्टर झिकाउन अदालतको आदेश

काठमाडौं, २७ पुस काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लगाउने महिला कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि झिकाउन आदेश दिएको छ ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बयानका लागि झिकाउने आदेश दिएको हो । अदालतले प्रयोगशाला परीक्षण गर्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कर्मचारीलाई पनि बयानका लागि झिकाउने आदेश दिएको छ । अदालतले बलात्कार प्रयासको घटनाको घटना विवरण कागज गर्नेहरुलाई पनि बयानका लागि झिकाउने आदेश अदालतले दिएको छ ।

संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीले महराले आफूलाई बलात्कार प्रयास गरेको भनी जाहेरी दिएकी थिइन् । तर पछि शाहीले अदालतसमक्ष नै महराले आफूमाथि बलात्कार प्रयास नगरेको बयान दिएकी थिइन । उक्त मुद्दामा अदालतको आदेशमा महरा पुर्पक्षका लागि थुनामा छन् । उनी हाल डिल्लीबजार कारागारमा रहेका छन ।