प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, पछिल्लो स्वास्थ्य अवस्था (बिज्ञप्तीसहित) – Himalayan Dainik

काठमाडौं, २४ फागुन  – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो सुधार भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौंलाको सफल प्रत्यारोपण भएको चौथो दिन त्रिबि शिक्षण अस्पतालले आज बिज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो ।

‘सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मिर्गौंला प्रत्यारोपण गरिएको आज चौथो दिन उहाँको स्वास्थ्यस्थितिमा राम्रो सुधार भइरहेको छ, उहाँलाई नर्मल खाना दिन थालिएको छ । र, सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापीलाई निरन्तरता दिइएकाछ, उहाँको भाइटल तथा ल्याव सूचकांकहरु सामान्य अवस्थामा छन,’ त्रिबि शिक्षण अस्पतालका कार्यकारी निर्देशन प्राडा. प्रेमकृष्ण खड्गाले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ ।

उहाँका अनुसार प्रधानमन्त्रीलाई मृर्गाैंला दिने दाता भान्जी श्रीमती समिक्षा संगौंलाको पनि स्वास्थ्य अवस्थामा राम्रो सुधार भइरहेको छ ।अवस्थामा राम्रो सुधार भइरहेको छ ।