धुलिखेलमा सवारी सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न - Himalayan Dainik

धुलिखेलमा सवारी सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न


धुलिखेलमा सवारी सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौँ – नासा नेपालको सहकार्यमा धुलिखेल क्याम्पस, धुलिखेल काभ्रेमा सवारी सुरक्षा सम्बन्धी कार्यक्रम
“हेल्मेटस्फर लाइफ, ओरिन्टेसन अफ सेफ्टी राइडिङ्ग” आयोजना भएको छ ।

करिब ५० जना दुई पाबगे्र सवारी साधन प्रयोगकर्ता सहभागी भएका सो कार्यक्रममा एफ आइ ए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले नेपालमा दुई पाबगे्र सवारी दुर्घटनाको अवस्था, सेफ्टी राइडिङ्ग तरिका , गुणस्तरीय हेल्मेटको बनावट र महत्वको बारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।

सोहि अवसरमा आयोजना भएको “स्लो बाइक राइडिब कम्पीटिसन” मा ६ जना प्रतिस्पर्धीले भाग लिएका थिए । जसमध्ये सरोज खड्गीले प्रथम स्थान हासील गर्दा बिकास तामाब दोश्रो भए ।कार्यक्रममा नासा नेपालद्धारा बनाइएको “सुरक्षित मोटरसाइकल र स्कुटर यात्राका लागी जानकारी” पर्चाको वितरण गर्नुका साथै सांकेतिक रुपमा सुरक्षित हेल्मेटको वारेमा ज्ञान दिलाउनका लागि एफआईए हेल्मेट वितरण गरिएको थियो।

धुलिखेल क्याम्पसका क्याम्पस प्रमुख सागर तिवारीले सवारी सुरक्षा सम्बन्धी जनचेतनात्मक कार्यक्रमले ठुलो महत्व राख्ने बताउदै सवारी चालकले सवारी साधन चलाउदा विषेश ध्यान पु¥याएर चलाउनु पर्ने र सुरक्षित हेल्मेटको प्रयोग गर्नु पर्ने कुरा व्यक्त गर्नु भयो।

कार्यक्रममा नासा नेपालका सचिव निरज खड्का, राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्ष प्रकाश रोका, नासा नेपालका ब्रान्डीङ्ग अफिसर सौगात राजभण्डारी लगाएतको सहभागीता रहेको थियो ।