काँग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीबीच भेटघाट – Himalayan Dainik

काँग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीबीच भेटघाट


काँग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीबीच भेटघाट

काठमाडौँ – पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहन मन्त्री नितिन गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ ।

सडक परिवहन मन्त्री गडकरीको निवासमा बुधबार राति भएको आधा घण्टा लामो छलफलमा काँग्रेस नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान (फूलहर) हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गरेका छन् ।