दाङ देउखुरीमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु – Himalayan Dainik

दाङ देउखुरीमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु


दाङ देउखुरीमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु

काठमाडौं – दाङ देउखुरीको लमही नगरपालिका–६ देउपुरमा आज बिहान ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।

लु ४ त ८१०६ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको हो ।

आज बिहान ६ बजे ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लमही प्रहरीले जनाएको छ ।

ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।