चीनको सैन्य अभ्यास सुरु : २७ वटा चिनियाँ विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश – Himalayan Dainik

चीनको सैन्य अभ्यास सुरु : २७ वटा चिनियाँ विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश


चीनको सैन्य अभ्यास सुरु : २७ वटा चिनियाँ विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्विट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिए ।

चीनले ताइवानको सिमानाभन्दा १६ किलोमिटर मात्रै टाढाको समुद्री क्षेत्र वरपर सैन्य अभ्यास थालेको र पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ ।

ताइवानले २७ वटा चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।