अनुभवको कमीले भारतसँग फराकिलो हार भयो : प्रशिक्षक मेघराज केसी – Himalayan Dainik

अनुभवको कमीले भारतसँग फराकिलो हार भयो : प्रशिक्षक मेघराज केसी


अनुभवको कमीले भारतसँग फराकिलो हार भयो : प्रशिक्षक मेघराज केसी

काठमाण्डौ –  २० वर्षमुनिको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले अनुभवको कमीले भारतसँग फराकिलो अन्तरको हार बेहोरेको बताएका छन् । यसमा आफ्नो गल्ती रहेको भन्दै केसीले खेलाडी र एन्फालाई दोष नदिन पनि आग्रह गरेका छन् ।

हिजोको खेलमा नेपाल भारतसँग पराजित भएपछि सामाजिक सञ्जालमा लेख्दै प्रशिक्षक केसीले भनेका छन् ,: ‘टिमलाई सपोर्ट गर्नु भएकोमा सबै जनालई धन्यवाद,’ ‘खेलाडीमा अनुभवको कमी छ, तर उनीहरू प्रतिभाशाली छन् । आज हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दुःखी छौँ ।’

आइतवार भुवनेश्वरको कालीङ्गा रङ्गशालामा भएको खेलमा नेपाल घरेलु टिम भारतसँग ८–० गोल अन्तरले पराजित भएको थियो ।