यती एयरलाइन्सका जहाजमा अब उडानको समयमा मनोरञ्जनात्मक सेवा लिन सकिने – Himalayan Dainik

यती एयरलाइन्सका जहाजमा अब उडानको समयमा मनोरञ्जनात्मक सेवा लिन सकिने


यती एयरलाइन्सका जहाजमा अब उडानको समयमा मनोरञ्जनात्मक सेवा लिन सकिने

काठमाण्डौ – यती एयरलाइन्सका जहाजमा अब उडानको समयमा मनोरञ्जनात्मक सेवा लिन सकिने भइको छ । आन्तरिक उडानमा पहिलो पटक यतीले यस्तो सेवा दिन लागेको हो ।

एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न सक्ने भएका छन् । इन्फ्लाइट मनोरञ्जनका लागि वायु यानभित्र रहेको डिभाइसमा कनेक्ट गरी हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गीत–सङ्गीत, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्री राखिने भएको हो । यस सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्रीसहित अकाशबाटै होटल बुक समेत गर्न सकिने भएको छ ।

यसमा अनलाइन शपिङको समेत सुविधा हुनेछ । यथाशीघ्र इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने उद्देश्यले आवश्यक तयारी र परीक्षण भइरहेको र परीक्षणपछि कम्पनीले सबै जहाजमा यो सेवा दिने भएको छ ।