भुईं चिसिनेको झर्कोफर्को, एमालेमा मिसिनेको लर्को - Himalayan Dainik

भुईं चिसिनेको झर्कोफर्को, एमालेमा मिसिनेको लर्को


भुईं चिसिनेको झर्कोफर्को, एमालेमा मिसिनेको लर्को

काठमाडौँ – नेपालको कम्युनिष्ट आन्दोलन विभिन्न आरोह अवरोहबाट अगाडि बढिरहेको छ ।कहिले विभिन्न भङ्‌गला मिलेर एउटै शक्तिशाली पार्टी निर्माण गर्ने र कहिले शक्तिशाली कम्युनिष्ट पार्टी फुटेर टुक्राटुक्रा बनेर प्रतिक्रियावादी शक्तिलाई बलियो बन्न सहयोग गर्ने चलन चल्दै आएको छ ।

वर्तमानमा नेपाल कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा९एमाले०ले देशको कायापलट गर्ने वैचारिक र साङ्गठानिक तयारी गरिरहँदा प्रचण्ड, माधव, किरण, विप्लव, सिपी र विजुक्छेका नाङ्ला पसल पनि चलिरहेकै छन् ।

पञ्चायत कालमा विभिन्न टुक्रामा विभाजित नेपालको कम्युनिष्ट आन्दोलन पञ्चायतको अन्त्यपछि मूलतः दुई कित्तामा विभाजित थिए । एउटा प्रमुख कित्ता झापा विद्रोहको जगमा निर्माण भएको एमाले थियो भने अर्को चौथो महाधिवेशन(एकता केन्द्र(मोटो मसाल हुदै बनेको माओवादी ।

नब्बेको दशकमा, जतिवेला विश्वमै कम्युनिष्ट शासन ढल्ने लहर चलेको थियो,जननेता मदनकुमार भण्डारीले नौलो जनवादी कार्यक्रमबाट एक इन्च एताउता नहुने मानसिकताका नेपालका कम्युनिष्टलाई जनताको बहुदलीय जनवादको वैचारिक धरातलमा टेक्न र हिंड्न अभ्यस्त गराउनुभयो ।

गाउँबाट सहर घेरेर, सत्ता कब्जा गर्ने नयाँ जनवादी बाटोको विकल्पमा निर्वाचनमा श्रेष्टता हासिल गरेर पनि कम्युनिष्टहरूले सत्ता प्राप्त गर्न र कायम राख्न सक्छन् भन्ने नविन धारणाले नेपाली कम्युनिष्ट वृत्तमा मात्र होइन, सिङ्गोक नेपाली समाजमा गहिरो प्रभाव पार्योे ।

नेपाली धरातलीय यथार्थसंग मेल खाने विचार निर्माणमा अतुलनीय योगदान गरेको कारण छोटोसमयमै लोकप्रियताको शिखरमा पुगेका मदन भण्डारीको रहस्यमय दाशढुङ्‌गा दुर्घटनामा निधन भएपछि एमालेको नेतृत्व माधव नेपालको हातमा लामो समयसम्म रहन पुग्यो । जनताको बहुदलीय जनवाद सुन्नै नचाहने तत्कालीन चौ म समूह माओवादी बन्दै माओको ‘गाउँबाट सहर घेर्ने’ नीति लिएर जङ्गल पस्यो ।

विचारमा अत्यन्त कमजोर, आफ्नोलागि मात्र मरिमेट्ने,पार्टीलाई विचार र भिजनले भन्दा प्राविधिक व्यवस्थापनमा चलाउने, भारतप्रति निहुरमुन्टी न बन्ने, कमजोर राष्ट्रवादी नेता माधव नेपालले दिवंगत महासचिव मदन भण्डारीको स्थान कहिल्यै लिन सकेनन् । बरु एमालेलाई हरेक वर्ष कमजोर बनाउदै लगे । ‘एमाले, न पोथी न भाले’ भन्ने विपक्षीको आरोप सत्य पो हो कि जस्तो लाग्ने बनाए ।

ज्ञानेन्द्रको पाउमा दाम चडाउने, नारायणीहिटी राजदरवारको खिड्कीबाट प्रधानमन्त्रीको लागि विन्ती(पत्र लक्ष्मणसिंह खड्कासंगै लाइन बसेर छिराउने, प्रतिगमन आधा सच्चिएको आत्मज्ञान हुने आदि कारणले माधव नेपालले एमालेलाई इतिहासकै कमजोर बनाए । मदन भण्डारीको वैचारिक नेतृत्वमा राष्ट्रिय राजनीतिमा उदाएको एमाले माधव नेपालको पालामा मुर्झाउन पुग्यो ।

पार्टीको महासचिव दुइटै निर्वाचन क्षेत्रबाट हार्ने अकल्पनीय परिस्थिति पैदा भयो । ‘नैतिकताको आधारमा’ राजिनामा दिएर बाहिरिएका माधव नेपाललाई प्रधानमन्त्री बन्न गिरिजा र प्रचण्डको संयुक्त निगाह चाहियो ।

करिब डेढ दशक एमालेको नेतृत्व गरेर पार्टीलाई कमजोर तेश्रो बनाएर बाहिरिएका माधव नेपालले उनीपछिका पार्टी अध्यक्ष झलनाथ खनाल र के पी शर्मा ओलीलाई नाजायज झर्कोफर्को गरिरहे । विभिन्न अत्तो थापेरनिर्वाचित नेतृत्वलाई काम गर्न बाधा दिइरहे । एमाले(माओवादी एकतापछि प्रचण्ड र माधवको कसरी ओली र एमाले शक्तिलाई कमजोर पार्ने भन्नेमात्र ध्याउन्न रह्यो ।

पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले के पी शर्मा ओलीले सम्पादन गरेका आम जनता र विपक्षीले समेत समर्थन गरेका राम्रा कामको समेत समर्थन गर्नबाट समेत उनीहरू पछि हटे । कतिसम्म भने नेपालको भूमि समेटेर ओली सरकारले प्रचलनमा ल्याएको नेपालको नक्सा र त्यसमा उनले पाएको राष्ट्रव्यापी समर्थनको जस आफूले लिन मरिहत्ते गरे ।

नक्सा प्रकरणपछि राष्ट्रवादी ओली सरकार गिराउने र एमाले पुटाउने विदेशी डिजाइनमा प्रचण्ड र माधव नै सामेल भए । जनताको बलमा बनेको कम्युनिष्ट सरकार गिराउन र प्रतिक्रियावादीलाई सत्ता सुम्पन उनीहरू सफल भए पनि ओली र ओली नेतृत्वको एमालेको क्रेज गिराउन सकेनन् । सत्ताबाहिर रहेको एमालेले यो कुरा पटक(पटक पुष्टि गरिसकेको छ ।

एमालेले आफ्नो विधान महाधिवेशन,भव्य र सभ्य राष्ट्रिय महाधिवेशन, उसका स्थानीय तहका अधिवेशनहरूमार्फत् पार्टीलाई आसन्न स्थानीय तह र आम निर्वाचनको लागि तयार पारेको छ ।

ओलीलाई ‘देखाउन’ पार्टी बनाउने अभियानमा कस्सिएका माधव नेपालले पार्टी बनाउन नसक्नु, कम्युनिष्ट एकता विगारेर दक्षिणपन्थीको पाउमा लम्पसार परेका प्रचण्डसंग विगतमा माओवादी आन्दोलनमा लागेको ठूलो पङ्‌क्तिको मोह भङ्‌ग हुनु, गैरएमाले वामपन्थी एकताको भ्यागुत्ताको धार्नी कहिल्यै नपुग्नु,परमादेशी सरकारले दिन प्रतिदिन जनविरोधी हर्कत गर्दै जानु आदि कारणले एमालेप्रति जनताको आकर्षण ह्वात्तै बढेको छ ।

एकातिर माधव समूहमा अल्मलिएका एमालेहरू घर फर्कने क्रम तीव्र बनेको छ भने अर्कातिर इमान्दार, क्रान्तिकारी र राष्ट्रवादी माओवादीनेता कार्यकर्ता एमालेमा निरन्तर समाहित भइरहेका छन् । सत्ताशीन पार्टी छोडेर प्रतिपक्षी पार्टीमा समाहित हुने नेता(कार्यकर्ताको लर्को देख्दा लाग्छ, एमाले बाहेकका पार्टीहरूको भुईं चिसो भइसकेको छ । एमालेबाहेकका पार्टीहरूको ‘नाङ्‌लो पसल’ समेत चल्न सक्ने अवस्था छैन ।

यो अवधिमा नेका, राप्रपा र मधेशवादी दलका समेत थुप्रै नेता(कार्यकर्ताले एमाले रोजिसकेका छन् । मधेशमा एमालेको लहर चल्न थालेको छ । एमाले विखण्डित मदेशवादी दलबाट आजित जनताको पनि भरपर्दो आश्रयस्थल बनेको छ ।

कालजयी विचार जनताको बहुदलीय जनवादको आलोकमा समाजवादको निर्माण गर्ने र यो महाअभियानमा सबैलाई समेटेर लैजाने तागत एमालेमा मात्र छ भन्ने बुझाइ आम नेपालीको बुझाइ बन्दै गएको छ, जुन नेपाल र नेपालीको लागि ज्यादै सुखद् विषय हो ।