सन्तानलाई श्रीमानको गलत नक्क्ली सम्पत्तिबाट टाढा राख्दै शिल्पा – Himalayan Dainik

सन्तानलाई श्रीमानको गलत नक्क्ली सम्पत्तिबाट टाढा राख्दै शिल्पा


सन्तानलाई श्रीमानको गलत नक्क्ली सम्पत्तिबाट टाढा राख्दै शिल्पा

मुम्बई – अभिनेत्री शिल्पा सेठ्ठी आफ्ना दुई सन्तानलाई थुनामा रहेका आफ्ना श्रीमान राज कुन्द्राबाट टाढा राख्ने योजना बनाइरहेकी छिन् ।

शिल्पाको नजिकका एक साथीलाई उद्रित गर्दै बलिउड हंगामा लेख्छ, “राज कुन्द्राको समस्याहरु यति छिटै हल हुने देखिदैनन् । यसको विपरित उनीहरु यसलाई बढाइराखेका छन् । राज कुन्द्राको अश्लिल भिडियो निर्माण र प्रशारणको मुद्दामा बाँकी जस्तै शिल्पा पनि अच्चमित छिन् ।

हिरा र डुप्लेक्स हानिकारक स्रोतबाट आउँदै थिए भन्ने कुरामा उनलाई कुनै सुराक थिएन ।” यही कारण हो शिल्पा आफ्ना सन्तानलाई श्रीमानको गलत सम्पत्तिबाट टाढा राख्न चाहान्छिन् । उनी आफैं पनि राजको एक पैसा पनि नलिने निर्णयमा पुगेकी छिन् ।

“हामीले थाहा पाएसम्म उनी राजको सम्पत्तिबाट एक सुक्का पनि लिने छैनन्” उनको साथी भन्छिन्, “उनले रियालिटी शोमा निर्णायक बनेर राम्रो पैसा कमाएकी छिन् । हंगामा २ र रिलिज हुन बाँकी निकम्मा पछि थप चलचित्र खेल्ने चाहेको इच्छा उनले इन्डष्ट्रिमा पुर्याइसकेकी छिन् ।” बलिउड हंगामा