प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त – Himalayan Dainik

प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त


प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त

काठमाडौँ ७ साउन – लोकगायक प्रकाश सपुत र लोकगायिका सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त भएका छन ।

गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै उनीहरुलाई एक वर्षका लागि सद्भावना दूत घोषणा गरेको हो ।

गीत सङ्गीतको माध्यमबाट समुदायका विपद् जोखिम न्यूनीकरण सम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रकाश र सुनितालाई सद्भावना दूत नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए । गीत सङ्गीतको माध्यमबाट समुदायमा विपद् जोखिम न्यूनिकरण सम्बन्धी सचेतनामुलक सन्दे प्रवाहमा उनीहरुको भूमिका उल्लेखनीय रहने प्राधिकरणले अपेक्षा गरेको बताइएको छ । सोही अवसरमा उनीहरुद्वारा गाइएको ‘बाढी पहिरो, हामीलाई चिन्ता गहिरो’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो ।

गायक सपुतले आफूलाई दिएको जिम्मेवारीलाई ठूलो उपलब्धि भएको बताएका छन् । एउटा सामान्य व्यक्ति र कलाकारको हिसाबले यो आफ्नो लागि एउटा ठूलो उपलब्धि र गौरबको अनुभव भन्दैै उनले तर एउटा नागरिक को हिसाबले यसलाई महत्वपूर्ण ज़िम्मेवारी र कर्तव्यको रुपमा लिएको बताएका छन् ।

प्राधिकरण टिमप्रति आभार व्यक्त समेत गरेका छन् । उनले भनेका छन् ‘प्राकृतिक विपत्ति जस्तो संवेदनशिल क्षेत्रको कार्यसम्पादनका लागि नेपाल सरकारको एउटा आधिकारिक निकायले औपचारिक रुपमा कलाकारहरु संग सहकार्य गरेकोमा म प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेल सरसहित सम्बन्धित सबैमा आभारी छु ।’