नेपाल बाहिरिएपछि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच पुनस् भेटवार्ता – Himalayan Dainik

नेपाल बाहिरिएपछि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच पुनस् भेटवार्ता


नेपाल बाहिरिएपछि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच पुनस् भेटवार्ता

काठमाडौँ, २४ वैशाख – सत्तारूढ एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अलगअलग भेट गरेका छन् ।

यसअघि राष्ट्रपति भण्डारीले पटकपटक बोलाउँदा पनि राष्ट्रपति कार्यालय नगएका नेता नेपाल बिहीबार साँझ त्यहाँ गए । भेटमा पार्टीभित्रको विवादका बारेमा कुराकानी भएको स्रोतले बतायो । नेता नेपालले पार्टीको विवाद मिलाउन ओलीले गरेका निर्णय सच्याउनुपर्ने बताएका थिए । विपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर फर्किने क्रममा नेपाल शीतल निवास पसेका थिए ।

नेता नेपाल शीतल निवासबाट बाहिरिएलगत्तै ओली त्यहाँ पुगेका थिए । स्थायी कमिटी बैठक सकिएपछि दिउँसो शीतल निवास गएका ओली साँझ पनि राष्ट्रपतिलाई भेट्न पुगेका थिए । प्रधानमन्त्री ओली मन्त्रिपरिषद्को बैठक सकेर साँझ राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका हुन् । साँझको भेटमा एमालेभित्रको विवादबारे कुराकानी भएको राष्ट्रपति निकट स्रोतको दाबी छ ।