मन्त्री जुली महत्तो दम्पत्तीलाई कोरोना संक्रमण – Himalayan Dainik

मन्त्री जुली महत्तो दम्पत्तीलाई कोरोना संक्रमण


मन्त्री जुली महत्तो दम्पत्तीलाई कोरोना संक्रमण

काठमाडौं, २३ वैशाख महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो र उनका श्रीमान पूर्वमन्त्री रघुवीर महासेठलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्री महतोले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन्। उनले आफू चिकित्सकको निगरानीमा रहेको अनि आत्मविश्वास र मनोबल उच्च भएको उल्लेख गरेकी छन्।

‘छिट्टै नै पुर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किनेछु। दशौं औला जोडेर सबैलाई विनम्र आग्रह छ सजग बनौं ‘ मन्त्री महतोले लेखेकी छन्। केही दिनअघि पर्यटन मन्त्री भानुभक्त ढकाल दम्पतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।