नेपाल पत्रकार महासंघ पर्सा शाखाको अध्यक्षमा तिवारी विजयी – Himalayan Dainik

नेपाल पत्रकार महासंघ पर्सा शाखाको अध्यक्षमा तिवारी विजयी


नेपाल पत्रकार महासंघ पर्सा शाखाको अध्यक्षमा  तिवारी विजयी

वीरगञ्ज,२६ चैत –  नेपाल पत्रकार महासंघ पर्सा शाखाको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्षसहित अधिकांश पदमा प्रेस चौतारीका उम्मेदवार विजयी भएका छन् । प्रेस युनियन, प्रेस संगठन, मधेसी पत्रकार समाज र प्रेस मञ्चको गठबन्धनबाट कार्यसमितिका तीन जना सदस्य मात्र विजयी भएका छन् ।

अध्यक्षमा चौतारी प्यानलका अनुप तिवारी, उपाध्यक्षमा युवराज खड्का, महिला उपाध्यक्षमा सुष्मा शर्मा र सचिवमा भूषण यादव, सहसचिवमा जियालाल साह, सहसचिव समावेशीतर्फ जीतेन्द्र साह, कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र विजयी भएका छन् ।