आहा रारा गोल्ड कपको फाइनलमा संकटा क्लब – Himalayan Dainik

आहा रारा गोल्ड कपको फाइनलमा संकटा क्लब


आहा रारा गोल्ड कपको फाइनलमा संकटा क्लब

पोखरा,२५ चैत्र – पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा एपीएफ क्लबलाई २–० गोलले पराजित गर्दै संकटा क्लब आहा रारा गोल्ड कपको फाइनलमा पुगेको छ ।

क्वार्टरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० को नतिजामा पराजित गर्दै संकटाले विभागीय टोलीलाई पाखा लगाउँदै फाइनल यात्रा तय गर्यो ।संकटाका लागि ३३औं मिनेटमा सुवाष गुरुङले गरेको गोलसँगै पहिलो हाफमा १–० को अग्रता लिएको संकटाका लागि खेलको अन्तिम मिनेटमा ग्लोरीले दोस्रो गोल गरेका थिए ।

ग्लोरीको जितसँगै फाइनलमा पुगेको संकटाले उपाधिका लागि आज हुने अफ्रिकन रूट एसोसिएसन र नेपाल पुलिस क्लबबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।