सिरहाको लहानमा टाउको काटिएको अवस्थामा एक पुरुषको शव फेला – Himalayan Dainik

सिरहाको लहानमा टाउको काटिएको अवस्थामा एक पुरुषको शव फेला


सिरहाको लहानमा टाउको काटिएको अवस्थामा एक पुरुषको शव फेला
 महेश सिंह सिरहा ३० बैशाख – सिरहाको लहानमा एक मृत अस्थामा भेटिएको छ । लहान नगरपालिका १७ बस्ने ३७ वर्षीय सुस्त मनस्तिथि भएका सफिद मियांको हत्या भको अबस्थामा टाउको नरहेको सब भेटिएको छ ।
बिगत केहि दिन अगाडि देखी मुस्लिम धर्मावलम्बीहरुको रमजान पर्व चल्दै छ। सफिद साँझ रोजा ब्रत खोलेर राति १० बजेको समयमा परिवारहरु संगै घरमा सुतेको थियो । बिहानको २ बजे ब्रत बस्न (सेहरी ) खान उठेको बेला सफिद ओछ्यानमा नरहेको , शोच गर्न गएको होला भन्दै निकै बेर सम्म पनि नआउदा परिवारका सदस्यहरुले खोजि निति गर्दै जादा दुरीमा रहेको पोखरी नजिक उनको शरीर फेला परेको परिवारिक स्रोतले जनाएको छ।
घरदेखि करीब ७५ मिटरको दूरीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार क्षेत्रीले जानकारी दिए । डिएसपी क्षेत्री र शस्त्र प्रहरी वेस क्याम्प लहानका डिएसपी अर्जुन प्रसाद सापकोटा नेतृत्वको टोलि घटना स्थलमा पुगे र टाउको खोजि निति तीब्र गतिमा गरिरहेको छ यस्तो योजना बध हत्या कस्ले गर्यो पता लगेको छैन हत्याराको खोजी भइ रहेको प्रहरी जनाएको छ ।