सीमा रक्षाको निम्ती नेपाली जस्तोसुकै कदम उठाउन तयार छन् : सभापति पाल – Himalayan Dainik

सीमा रक्षाको निम्ती नेपाली जस्तोसुकै कदम उठाउन तयार छन् : सभापति पाल


सीमा रक्षाको निम्ती नेपाली जस्तोसुकै कदम उठाउन तयार छन् : सभापति पाल

काठमाडौँ, ३० वैशाख – प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले नेपालको सीमा रक्षाको निम्ती नेपाल सरकारलाई साथ, सहयोग तथा अवाश्यकता अनुसार जस्तोसुकै कदम उठान तयार रहेको बताउनुभएको छ ।

आजको प्रतिनिधिसभाको शुन्य समयको बैठकमा बोल्दै सत्तारुढ दल नेपाल कम्युनिष्टि पार्टी (नेकपा)को प्रभावशाली नेतृ तथा सांसद पालले भारतीय पक्षले नेपाली भूमि लिपुलेक, लिम्पीयाधुरा तथा कालापानी क्षेत्रमा गरेको अतिक्रमणको घोर निन्दा गर्दै अतिक्रमणको सन्दर्भमा नेपाल सरकारले गरेको पहल तथा कदमको उच्च प्रशंसा समेत गर्नुभयो ।

नेपाल सरकारले कुटनीतिक नेट पठाई तत्काल सीमा अतिक्रमण तथा नेपाल सरकारलाई विना मञ्जुरी कालापानीहुँदै मानसरोवर जाने सडक निर्माणको कडा रुपमा आपत्ती जनाउँदै आफ्नो भूमिका कुनै पनि गतिविधि नगर्न आग्रह गरेको थियो । त्यसको साथ साथै उहाँले तत्काल कुटनीतिक पहल गरी वार्ता तथा छलफलको माध्यमबाट समस्या समाधान गर्न आग्रह समेत गर्नुभयो ।

सन् १८१६ मा नेपाल भारतबीच भएको सुगौली सन्धीमा महाकाली नदीको पूर्वपट्टी रहेको लिम्पियाधुरा, कालापानी तथा लिपुलेक नेपालको भू–भाग हो भनेर लेखिएता पनि भारतको मिचाहा प्रवृक्तिले गर्दा नेपालका सीमानाहरुमा पटक पटक अतिक्रमण हुने गरेकोमा आक्रोस व्यक्त गर्नुभयो ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट आक्रान्त भइरहेको साथै लाखौंले अकालमा नै ज्यान गुमाइरहेको अवस्थामा नेपालमा एक जनाको पनि मृत्यु नहुनुमा नेपाल सरकार तथा सरकारको कदमलाई विशेष धन्यवाद समेत व्यक्त गर्नुभयो । त्यस्तै उहाँले कोरोनाका कारण भारतलगायतका अन्य मुलुकहरुमा कष्टकर जीवन विताउन वाध्य भएका नेपालीलाई स्वदेश फर्काउने पहल थाल्न नेपाल सरकारलाई आग्रह समेत गर्नुभयो ।